Kathmandu Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, चैत १ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्