Kathmandu Press

बैंक तथा वित्तीय संस्थाविरुद्धकाे आन्दोलन फिर्ता

बैंक तथा वित्तीय संस्थाविरुद्धकाे आन्दोलन फिर्ता

काठमाडाैं, फागुन ३० : उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत रहेका व्यवसायीकाे माग सम्बाेधन हुने भएपछि विराेध कार्यक्रम फिर्ता लिएका हुन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीकाे माग सम्बाेधन गर्न तयार भएकाे बताएपछि विराेधका कार्यक्रमहरू फिर्ता लिएकाे व्यवसायीहरूकाे भनाइ छ।

बजारमा देखिएका समस्या र  मागका विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएकाे व्यवसायीले जनाएका छन।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए ।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्