राष्ट्रपति पौडेलकाे प्रमुख स्वकीय सचिवमा डा. चालिसे र निजी सचिवमा अधिकारी नियुक्त

काठमाडाैं, फागुन ३० : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । त्यस्तै, राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।
चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।
राष्ट्रपतिकाे सपथ लिएको दोस्राे दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











