अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध समाप्त

काठमाडाैं, फागुन ३० : अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध सकिएकाे छ। अमेरिकामा बसोबास गर्दै आएका युवक गेलाल र अाफ्नाे सम्बन्ध दुई महिनाअघि कानुनी रुपमा समाप्त गरिएकाे अभिनेत्री सिवाकाेटीले बताइन।
गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












