Kathmandu Press

कांग्रेसले बाेलायाे भाेलि बिहान केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बाेलायाे भाेलि बिहान केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडाैं, फागुन ३० : नेपाली कांग्रेसले भाेलि बिहान केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बाेलाइएकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ।

सभापति शेरबहादुर देउवाले आज निवास धुम्बाराहीमा पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेपछि कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्