राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीकाे बधाई

काठमाडाैं, फागुन ३० : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन्।
सन् १९५५ देखि दुई देशबीचको सम्बन्धले ठूला तथा साना देशमा स्वस्थ र स्थिर विकास कायम राख्ने, शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको उदाहरण बनाएको भन्दै राष्ट्रपति चिनफिङले पौडेललाई बधाई दिएको काठमाडौंस्थित चिनियाँ राजदूताबासले जनाएको छ।
दुई देशबीचको परम्परागत मित्रता अघि बढाउन राष्ट्रपति पौडेलसँग काम गर्न आफूहरू इच्छुक रहेको पनि सीको भनाइ छ।
आपसी राजनीतिक विश्वास सुदृढ गर्ने, उच्च गुणस्तरको बेल्ट एन्ड रोड परियोजना अघि बढाउने, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तार गर्ने, विकास र समृद्धिका लागि रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्ने पनि उनले बताएका छन्।
Chinese President Xi Jinping on Tuesday congratulated Rt. Hon'ble Ramchandra Paudel on assuming office as president of Nepal. pic.twitter.com/9VxZ0vPCRF
— Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) March 14, 2023











