Kathmandu Press

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले महिलाको अधिकार खोस्यो : ओली 

गठबन्धनका नेताहरुले संविधानलाई मिच्न र महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको ओलीकाे आरोप
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले महिलाको अधिकार खोस्यो : ओली 

काठमाडौं, फागुन ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका छन् । 

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरुसंगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटी हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका हुन् । 

अहिले १० दलीय नेताहरुले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उनको भनाइ छ । उनले संविधानको व्याख्या सम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राखे ।  राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उनले बताए ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समिकरण भत्किन सक्ने बताए। ओलीले गठबन्धन भित्र अनेक प्रकारका समस्याहरु रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको बिजय हुने जिकिर गरे। 

ओलीले अरु निजी स्वार्थका लागि केन्द्रीत भएपनि एमाले सवल राष्ट्रिय शक्ति स्थापीत गर्नका लागि लागेको धारणा राखे। 

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्