संवैधानिक संस्थाले नै मानवअधिकार आयोगलाई तर्साउने काम गरे : ओली

काठमाडौं, फागुन ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाले नै मानवअधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले खुकुरी बन्दुकको आडमा मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने र तर्साउने काम भएको बताएका हुन् । उनले अहिलेको अवस्थामा मानवअधिकारप्रति समर्पित, इमान्दार एलाईन्स हुनुपर्ने बताए।
ओलीले अहिले पनि मानवअधिकारबिरोधी काम भइरहेको भन्दै मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोगले गम्भीरताका साथ लाग्नुपर्ने बताए। उनले अनेक ठाउमा मृत्युदण्ड जस्तो सजाय रहेको नेपालमा पनि त्यसको बहस हुने भन्दै उहाले नेपालमा मृत्युदण्डको व्यवस्था गर्न नहुने धारणा राखे।
ओलीले राष्ट्रको स्वाधिनतालाई जनविरोधी, पक्षपाती, बिभेदकारी गर्ने कामका बिषयमा निर्णय गर्ने अधिकार राज्यलाई भएकाले संयुक्त राष्ट्रसंघको विभेदलाई स्वीकार गर्न नसक्ने धारणा राखे।











