जनताको अपेक्षा पूरा गर्न गठबन्धन दलहरु एकीकृत रुपमा अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच बर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल टे«ड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पुरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई स्थीरता दिएर नै मुलुकको बिकासको आकांक्षा पुरा हुने जिकिर गरे। अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पिडा लगाएत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए । उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे।
महामन्त्री शर्माले अव मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रण तर्फ ध्यान केन्द्रति गर्नुपर्ने बताए।











