Kathmandu Press

चितवन–२ को उपनिर्वाचनमा जनकराज शर्मालाई उम्मेदवार बनाउने जनमोर्चाको निर्णय

उपनिर्वाचनका लागि जनमोर्चाले महासचिव मनोज भट्टको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ।
चितवन–२ को उपनिर्वाचनमा जनकराज शर्मालाई उम्मेदवार बनाउने जनमोर्चाको निर्णय

काठमाडौं, फागुन ३० : राष्ट्रिय जनमोर्चाले चितवन–२ मा हुने उपनिर्वाचनका लागि जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

जनमोर्चाको राष्ट्रिय परिषद्को बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्मा जनमोर्चाका केन्द्रीय उपाध्यक्ष हुन् । 

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनका लागि जनमोर्चाले महासचिव मनोज भट्टको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ। २५ सदस्यीय निर्वाचन परिचालन समितिले उपनिर्वाचनमा व्यवस्थित रुपमा प्रचार प्रसार गर्ने जनाइएको छ।

उपनिर्वाचनलाई भण्डाफोर अभियानका रुपमा सञ्चालन गर्ने जनमोर्चाले निर्णय गरेको छ। अमेरिकी प्रभाव र इशाइकरण बढ्दै गएको भन्दै जनमोर्चाले यसका विरुद्ध भण्डफोर अभियानका रुपमा चुनाव प्रचारप्रसारलाई अघि बढाउने जनाएको छ। 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्