Kathmandu Press

चैत १० गतेदेखि संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय 

अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।
चैत १० गतेदेखि संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय 

काठमाडौं, फागुन ३० : राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ।

बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध चैत १० गतेदेखि अभियान चलाउने निर्णय गरेको हो।

उक्त अभियान अन्तर्गत सभा र कोणसभाहरू गरिने जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।

यसैगरी चैत २८ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ।

जनमोर्चाले गत पुस १० गते बनेको राजनीतिक समीकरणलाई भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उनलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ।

यस्तै बैठकले आगामी वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने तय गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्