Kathmandu Press

सचिव र सहसचिव सरहका कर्मचारीलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

सचिव र सहसचिव सरहका कर्मचारीलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं, फागुन २९ : राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिवसरहका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । 

किताबखानाले सूचना प्रकाशित गरी सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए। 

उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो । यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए। 

उनले भने, ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको छ । सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उहाँहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ, अब सबै कर्मचारीले आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्नुपर्छ।’

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झण्डै सात सय ५३ कर्मचारी कार्यरत रहेका छन्। 

प्रकाशित मिति: १०:१० बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्