Kathmandu Press

आज पनि चट्याङसहित हल्का वर्षाको सम्भावना 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। 
आज पनि चट्याङसहित हल्का वर्षाको सम्भावना 

काठमाडौं, फागुन ३० : हाल देशको पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। 

देशका  पहाडी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक,दुई स्थानमा समेत  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्