Kathmandu Press

गोरखामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, फागुन ३० : गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक हिजो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

दुर्घटनामा शहीद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल, गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना नखुलेका बुद्धीबहादुर नेपाली घाइते भए । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेज तथा अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्