Kathmandu Press

माधव नेपाललाई भेटेर उपराष्ट्रपतिका उम्मेदवार रामसहायले मागे मत

आज (साेमबार) अध्यक्ष नेपालको निवास पुगेर उनले नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन्।
माधव नेपाललाई भेटेर उपराष्ट्रपतिका उम्मेदवार रामसहायले मागे मत

काठमाडौं, फागुन २९ : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत मागेका छन्।

आज (साेमबार) अध्यक्ष नेपालको निवास पुगेर उनले नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन्।

त्यस अवसरमा यादवको साथमा रहनुभएका सांसद प्रदीपकुमार यादवले भने, 'रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौं, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौं।' 

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए।

आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए।

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्