Kathmandu Press

तस्बिरमा हेर्नुहोस्, शीतलनिवासमा राष्ट्रपतिको स्वागत र बिदाइ 

शीतलनिवास छाड्दै गर्दा भण्डारीलाई राष्ट्रपति पौडेलले कारसम्म छाेडेका थिए । 
तस्बिरमा हेर्नुहोस्, शीतलनिवासमा राष्ट्रपतिको स्वागत र बिदाइ 

काठमाडौं, फागुन २९ : नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक रुपमा शीतलनिवास प्रवेश भएको छ ।

फागुन २५ गते नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका पौडेलले सोमबार शपथ ग्रहण गरेलगत्तै शीतलनिवासमा प्रवेश भएको हो । शीतलनिवासमा उनलाई नेपाली सेनाले २१ तोपको सलामीसहित स्वागत गरेको छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफू बसेको कुर्सीमा पौडेललाई बसाएर राष्ट्रपतिको पद हस्तान्तरण गरेकी थिइन् । त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारी शीतलनिवासबाट बिदा भएकी थिइन् । 

भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । शीतलनिवास छाड्दै गर्दा भण्डारीलाई राष्ट्रपति पौडेलले उनको कारसम्म छाेडेका थिए । 

शीतलनिवासबाट बिदा भएकी भण्डारी बालुवाटारस्थित छोरीको घरमा बस्नेछिन् भने राष्ट्रपति पौडेल बोहराटारबाट शीतलनिवास सरेका छन् । 

तस्बिरहरू : प्रदीपराज वन्त 

 

 

201678698036.jpg

191678698034.jpg

221678698039.jpg

211678698037.jpg

241678698043.jpg

251678698043.jpg

231678698041.jpg

151678698027.jpg

161678698029.jpg

171678698031.jpg

181678698032.jpg

141678698026.jpg

131678698024.jpg

121678698022.jpg

111678698021.jpg

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्