Kathmandu Press

महिलाको नेतृत्व विकासलाई समुदायकै विकासका रूपमा लिनुपर्छ : मन्त्री शर्मा

उनले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताइन्।
महिलाको नेतृत्व विकासलाई समुदायकै विकासका रूपमा लिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, फागुन २९ : सञ्चार तथा सूूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताएकी छन्।

सोमबार काठमाडौंमा नारी अनलाइन पत्रिकाको शुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै भन्दै महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताएकी हुन्।

उनले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताइन्। मन्त्री शर्माले जुनसुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गरिन्। उनले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राखिन्।

त्यस्तै उनले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी वहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन्।

 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्