Kathmandu Press

आफूविरुद्ध मुद्दा परेपछि माओवादी घटकहरू एक ठाउँमा : प्रधानमन्त्री प्रचण्ड

एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूविरुद्ध परेको मुद्दाले कुनै चिन्ता नभएको र यसका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताएका हुन्।
आफूविरुद्ध मुद्दा परेपछि माओवादी घटकहरू एक ठाउँमा : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, फागुन २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा आफूविरुद्ध परेको मुद्दाका कारण माओवादी घटकहरुलाई एक ठाउँमा आउने बाटो खुलेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूविरुद्ध परेको मुद्दाले कुनै चिन्ता नभएको र यसका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताएका हुन्।

उनले अदालतले पनि विस्तृत शान्ति सम्झौता भन्दा बाहिर नगई आदेश गरेको र यसले छिटो भन्दा छिटो ऐन अगाडि बढाउन मद्धत पुगेको धारणा राखे।

प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मान्छेहरु मुलुकको परिवर्तन र जनताको हक अधिकारलाई खोस्नका उद्धत रहेकोले सचेत रहनुपर्ने जिकिर गरे। उनले एकताबद्ध भएर अघि बढे दुनियाको कुनै तागतले हराउन नसक्ने दाबी गरे।

विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता वा नेतृत्वकर्ता तथा संविधान बनाउनेमाथि नकारात्मक सोच राखे सफल नहुने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले जुनसुकै धारमा रहेर पनि मुलुकका लागि ज्यान गुमाउनेहरु राष्ट्रिय सहिद भएकाले सवैलाई राष्ट्रिय सम्मान दिन सक्नुपर्ने बताए।

उनले छिटै एकताबद्ध भएर मुलुकको परिवर्तनलाई संस्थागतका साथै संविधानलाई पूर्ण बनाउनका लागि अघि बढ्ने पनि बताए। 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्