राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ खुवाए।
काठमाडौं, फागुन २९ : नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् । नवनियुक्त राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ खुवाएका हुन् ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
पौडेल फागुन २५ गते नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए । ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका उनले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १३:३६ बजे, सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











