शीतलनिवासबाट बालुवाटारस्थित छोरीको घरमा सर्दै भण्डारी

काठमाडौं, फागुन २९ : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आज शीतलनिवासबाट बिदा हुँदै छिन् ।
दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण र स्वागत समारोह लगत्तै भण्डारीले शीतलनिवास छाड्ने छिन् । उनी तत्कालका लागि बालुवाटारस्थित छोरीको घरमा बस्ने भएकी छन् ।
बुढानीलकण्ठस्थित निजी निवासको मर्मत नसकिएका कारण भण्डारी तत्कालका लागि छोरीको घरमा सर्न लागेकी हुन् ।
शीतलनिवासमा उनलाई नेपाली सेनाको टोलीले स–सम्मान बिदाई सहित २१ तोपको सलामी अर्पण गर्नेछ । राष्ट्रपति कार्यालयका अनुसार भण्डारीलाई ससम्मान निवाससम्म लगेर छाडिने छ ।
प्रकाशित मिति: ११:४२ बजे, सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











