Kathmandu Press

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, फागुन २९ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  

मंगलबार पनि देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  

प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्