Kathmandu Press

आज निजी निवासमा सर्दै राष्ट्रपति भण्डारी 

आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् । राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ । 
आज निजी निवासमा सर्दै राष्ट्रपति भण्डारी 

काठमाडौं, फागुन २९ : राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ । 

आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् । राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ । 

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथ लिने कार्यक्रम तय भएको छ । पौडेलको शपथग्रहण शीतलनिवासमै हुनेछ । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् । 

उनले एमाले नेता सुवास नेम्वाङलाई पराजित गरेका थिए । यसैबीच, राष्ट्रपति भण्डारीले आइतबार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन् ।  

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्