नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथ लिने
उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।
काठमाडौं, फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । पौडेलले शपथग्रहण शीतलनिवासमै लिनेछन् ।
उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।
संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार