सेरोगेसीको कथामा ‘माइकल अधिकारी’ बन्दै
काठमाडौं, माघ २ : सेरोगेसीको कथालाई समेटिएको चलचित्र ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ।
गोपीकृष्ण मुभिजको ब्यानरमा न....

काठमाडौं, माघ २ : सेरोगेसीको कथालाई समेटिएको चलचित्र ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा रञ्जित रौनियारको कथा रहेको छ । रौनियारकै निर्देशन रहेको यस चलचित्रको पटकथा तथा संवाद शैलेश कँडेलले लेखेका छन्।
चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । माघे संक्रान्तिको अवसर पारेर बुधबारबाट चलचित्रको छायांकन सुरु गरिएको हो । झापाको विर्तामोड पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको छ । चलचित्रमा सौगात र श्रृष्टी फरक आवरणमा देखिएका छन्।
उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गर्दैछन् । चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय रहेको छ। यो चलचित्रलाई चैत २८ गते रिलिज गर्ने तयारी गरिएको छ।












