उपराष्ट्रपतिमा चारै उम्मेदवारको नाम समेटेर अन्तिम नामावली प्रकाशन
उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।
काठमाडाैं, फागुन २८ : उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।
उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।
अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ। जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादवका नाम छन्।
आगामी चैत ३ गते हुने संघीय संसद भवनमा उपराष्ट्रपति निर्वाचन हुँदैछ।
प्रकाशित मिति: १७:३१ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार