एमालेको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

काठमाडाैं,फागुन २८ : नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई संसदीय दलको प्रमुख सचेतक चयन गरेका हुन् ।
पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।
प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए ।

प्रकाशित मिति: १६:५० बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











