Kathmandu Press

समीक्षा, सुनिता र सुवासको स्वरमा रहेको 'रुँदै हिँड्नुपर्छ’ गीतकाे भिडियो श्राेतामाझ

गीतको भिडियो सुवास खत्रीको अफिसियल युट्युबमार्फत श्राेतामाझ ल्याइएको हाे।
समीक्षा, सुनिता र सुवासको स्वरमा रहेको 'रुँदै हिँड्नुपर्छ’ गीतकाे भिडियो श्राेतामाझ

काठमाडौं, फागुन २८ : गायिकाहरू समीक्षा अधिकारी र सुनिता बुढा क्षेत्री तथा गायक सुवास खत्रीको स्वरमा रहेको 'रुँदै हिँड्नुपर्छ’ बोलको लोक तथा दोहोरी गीतमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ।

गीतको भिडियो सुवास खत्रीको अफिसियल युट्युबमार्फत श्राेतामाझ ल्याइएको हाे। गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ।

सारिका केसी र दिनेश पुरीको अभिनय रहेकाे भिडियाेमा परदेशी भूमिमा जीवनमा सुनौला सपना बोकेर हिँडेका युवाहरूको पीडा-व्यथा प्रस्तुत गरेकाे छ।

भिडियाेकाे निर्देशन विशाल घिमिरेले गरेका हुन्। भिडियोमा छायांकन नवराज उप्रेतीकाे र सम्पादन नवीन घर्तीमगरकाे रहेकाे छ।

शनिबार सार्वजनिक गरिएकाे भिडियाे आइतबार दिउँसाेसम्म २९ हजारले हेरिसकेका छन्।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्