Kathmandu Press

अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे। 
अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडाैंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे। 

'मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ', उनले भने, 'पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ।'

महामन्त्री थापाले वर्तमान सरकारले पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताए। राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको भन्दै थापाले छिटो भन्दा छिटो मन्त्रीपरिषद् बिस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा राखे।

उनले आफु प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रुपमा जनताको सेवा गर्ने जिकिर गरे। थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्