Kathmandu Press

वर्तमान सरकारमा सहभागी हुने सोच छैन : लिङ्देन

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए।
वर्तमान सरकारमा सहभागी हुने सोच छैन : लिङ्देन

काठमाडौं, फागुन २८ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन्।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए।

उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको जिकिर गरे। त्यस्तै उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे।

कार्यक्रममा सुरेश आचार्यलगायतका व्यक्तिहरुलाई राप्रपा प्रवेश गराइएको थियो।

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्