Kathmandu Press

पार्टीका सबै जिम्मेवारीबाट मुक्त भएको घोषणासहित राष्ट्रपति पौडेलद्वारा राजीनामा

उनले आज (आइतबार) पार्टी कार्यलयमा आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको घोषणा गर्दै राजनीनामा बुझाएका हुन्।
पार्टीका सबै जिम्मेवारीबाट मुक्त भएको घोषणासहित राष्ट्रपति पौडेलद्वारा राजीनामा

काठमाडौं, फागुन २८ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन्।

उनले आज (आइतबार) पार्टी कार्यलयमा आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको घोषणा गर्दै राजनीनामा बुझाएका हुन्।

पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका हुन्।

पछिल्लो समय वरिष्ठ नेताको जिम्मेवारीमा रहँदै आएका पौडेलले राष्ट्रपतिमा निर्वाचित भएको चार दिनपछि राजीनामा बुझाएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेल कांग्रेसमा कार्यवाहक सभापति, उपसभापति, महामन्त्री भएका थिए। उनी २०४८ सालयता २०७४ बाहेक सबै संसदीय निर्वाचनमा जित्दै आएका थिए।

उनी उकपटक सभामुख र पटकपटक मन्त्री पनि बने। पौडेलले सोमबार चौथो कार्यकालको राष्ट्रपतिका लागि शपथ ग्रहण गर्दैछन्। 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्