Kathmandu Press

याे कार्यकालमा मन्त्री बन्ने दाैडमा म छैन : गगन थापा

नले आफू अहिले मन्त्री होइन भविष्यमा प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताए।
याे कार्यकालमा मन्त्री बन्ने दाैडमा म छैन : गगन थापा

काठमाडौं, फागुन २८ : कांग्रेस महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्।

राजधानीमा आज (आइतबार) आयोजित एक कार्यक्रममा उनले आफू अहिले मन्त्री होइन भविष्यमा प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताए।

प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको बताउँदै उनले यो कार्यकाल सांसदकै जिम्मेवारी रहने बताए।

सोही अवसरमा उनले मुलुकको आर्थिक अवस्था ठिक छ कि छैन भनेर प्रधानमन्त्री डराउनुपर्ने तर नागरिक डराउने वातावरण बनाउन नहुनेमा जोड दिएका छन्।

सत्तारुढ गठबन्धनको सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामु प्रतिबद्धता जनाउनुपर्ने पनि उनले बताए।

नागरिकमा स्रोतसँगै धैर्यको अभाव रहेको विषयलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने उनको भनाइ थियो। दर्जनौं मन्त्रालय खाली राखिएको अवस्थालाई अन्त्य गर्नुपर्ने उनले बताए।  

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्