Kathmandu Press

एमालेकाे असहयाेगका कारण शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन नसकिएकाे हाे : देवप्रसाद गुरुङ

संक्रमणकालीन न्यायका विषयलाई फौजदारी मुद्दासरह व्यवहार गर्नु बृहत् शान्तिसम्झौता र संवैधानको मर्मविपरीत रहेको जिकिर पनि उनले गरे।
एमालेकाे असहयाेगका कारण शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन नसकिएकाे हाे : देवप्रसाद गुरुङ

काठमाडौं, फागुन २८ : माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपणलाई टुंगो लगाउन नसकिएको आरोप लगाएका छन्।

माओवादीका घटक दलहरुले आज (आइतबार) गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गदैृ उनले यसअघिको प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगकै कारण रोकिएको दाबी उनले गरे।

‘सरकारले सर्वोच्च अदालतको आदेशअनुसार सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको थियो तर एमालेकै असहयोगले रोकियो,’ उनले भने।

दलहरुबीचमा सहमति नजुट्दा विधेयक अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले नेकपा एमालेले शान्तिप्रक्रिया टुंग्याउने विषयमा नकारात्मक धारणा राख्दै आएकाले विधेयक अन्तिम समयमा ‘डेडलक’ भएको उनको भनाइ थियो।

संक्रमणकालीन न्यायका विषयलाई फौजदारी मुद्दासरह व्यवहार गर्नु बृहत् शान्तिसम्झौता र संवैधानको मर्मविपरीत रहेको जिकिर पनि उनले गरे।

‘फौजदारी न्यायको सिद्धान्तका आधारमा होइन संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा शान्तिप्रक्रिया टुंग्याउनुपर्छ। बृहत् शान्तिसम्झौता उल्लघंन हुने त होइन भन्ने चिन्ता बढेको छ,’ उनले भने, ‘राज्यको तर्फबाट ऐन बनाउने प्रक्रिया यथाशीघ्र अगाडि बढाउनुपर्छ। एमाले नेतृत्वले शान्तिप्रक्रिया टुंग्याउन नकारात्मक धारणा राखेकाले पनि विधेयक अघि बढेको छैन।’ उनले आयोगमार्फत नै समस्याको सम्बोधन हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्