युलेन्स स्कुलको दोस्रो युनिट बाँसबारीमा

शनिबार प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले बाँसबारीमा रहेको युलेन्सको दोस्रो युनिटको उद्घाटन गरेकी छन्। बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने भएको छ।
युलेन्स स्कुलको दोस्रो युनिट बाँसबारीमा

काठमाडौं, फागुन २८ : युलेन्स स्कुलले दोस्रो युनिट ‘युलेन्स काठमाडौं’ काठमाडौंको बासबारीमा सुरु गरेको छ। 

शनिबार प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले बाँसबारीमा रहेको युलेन्सको दोस्रो युनिटको उद्घाटन गरेकी छन्। बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने भएको छ। युलेन्स स्कुलको पहिलो युनिट सन् २००६ बाट ललितपुरको खुमलटारबाट सञ्चालन हुँदै आएको छ।  

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेका सांसद डा. राणाले गुणस्तरीय शिक्षामा दिलाउने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको र अहिले दोस्रो युनिट खोल्न अभिभावक, कर्मचारी, युलेन्स फाण्डेशन लगायत सबैको महेनतका कारण सफल भएको बताएकी थिइन्। उक्त कार्यक्रममा बोल्दै चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। 

काठमाडौंको बाँसबारीमा सुविधासम्पन भवनमा सञ्चानल हुने युलेन्स स्कुलले काठमाडौंको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै दोस्रो युनिट सुरु गरेको हो। कार्यक्रममा बोल्दै युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुले धेरै लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षामा सबैको पहुँच दिलाउने उद्देश्यले सञ्चालन भएको युलेन्स स्कुलको दोस्रो युनिट सुरु हुनु सबैको सफलता भएको बताए। 

ullens final1678610531.jpg

युलेन्स स्कुल गैरनाफामुलक स्कुल हो। परोपकारी गाई र मरियम युलेन्स दम्पतीले नेपालको गुणस्तरीय शिक्षामा पहुँच दिलाउने उद्देश्यले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो। पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षामा युलेन्स स्कुल पहिलो नम्बरमा उभिएको छ। 

दोस्रो युनिटको उद्घाटन कार्यक्रममा बोल्दै युलेन्स स्कुल खुमलटारका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीलाई सिर्जनात्मक र व्यावहारिक सिकाइ विधि प्रयोग गरेर युलेन्स स्केलले विद्यार्थी र अभिभावकहरुको मन जितेको बताए। ‘हामीले शिक्षकहरुलाई विभिन्न किसिमका सिर्जनात्मक र व्यावहारिक सिकाइ प्रविधि र सिपका तालिम दिएर शिक्षण विधि तय गछौं,’ लामिछानेले कार्यक्रममा भने, ‘विद्यार्थीहरुको क्षमता र इच्छालाई व्यावहारिक ज्ञानबाट अघि बढाउने पाठ्यक्रममार्फत हामी अध्ययन गराउँछौं।’

कार्यक्रममा काठमाडौं महानगरपालिका-३ का वडाध्यक्ष प्रेम थापाले बाँसवारीमा युलेन्स स्कुल आउनु वडावासीका लागि गर्वको विषय भएको बताएका थिए। ‘युलेन्सजस्तो प्रतिष्ठित र गैरनाफामूलक स्कुल हाम्रो वडामा आउनु हामी सबैका लागि खुसीको विषय हो,’ वडाध्यक्ष थापाले भने, ‘स्कुललाई आवश्यक सबै सहयोग गर्न काठमाडौं महानगरपालिका वडा नम्बर ३ सधैं तयार छ।’

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्