युएईविरूद्ध आक्रामक नेपाल, पाँच ओभरभित्र चार विकेट
नेपालका लागि ललित नारायण राजवंशीले पहिलो ओभरमै विकेट लिएर उत्साहपूर्ण सुरुवात गरेका थिए ।
काठमाडौं, फागुन २८ : युएईविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको छ ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले पाँच ओभरभित्र आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको छ ।
नेपालका लागि ललित नारायण राजवंशीले पहिलो ओभरमै विकेट लिएर उत्साहपूर्ण सुरुवात गरेका थिए । उनले पहिलो ओभरमा मेडन राख्दै युएईका वृत्य अरविन्दलाई पवेलियन फर्काए ।
तेस्रो ओभर लिएर आएका दिपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई शून्य रनमै बोल्ड गरेर नेपाललाई दोस्रो सफलता दिलाए । खेलको चौथो ओभरमा पुनः बलिङ गर्न आएका ललितले युएईका कप्तान माेहम्मद वासिमलाई आउट गरे ।
लगत्तै पाँचौं ओभरमा सोमपाल कामीले युएईका ओपनर आशिफ खानलाई पवेलियनको बाटो देखाए । खानलाई सोमपालको बलिङमा आशिफ सेखले क्याच आउट गरेका थिए ।
महत्वपूर्ण विकेट गुमाएको युएई दबाबमा देखिएको छ । अहिले रोहन मुस्ताफा र आयान खान त्रिजमा छन् । खेलको आठौं ओभर सकिँदा युएईले चार विकेट गुमाएर २० रन बनाएको छ ।











