Kathmandu Press

रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम 

महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए।
रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम 

काठमाडौं, फागुन २८ : उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने भएको छ। 

यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीले उजुरी गरेपनि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो । 

महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए।

तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने स्पष्ट पारेको हो।

निर्वाचन अधिकृतको कार्यालयको निर्णयअनुसार अब उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार कायम रहनेछन् ।

उपराष्ट्रपतिमा गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले हिजो उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

 

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्