सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु
मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
सिन्धुली, फागुन २८ : सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।
मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ। चालकको अवस्था सामान्य रहेको छ। उनको घुर्मीमा उपचार भइरहेको छ। बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


