युएईविरुद्ध रोहित पौडेलको अर्धशतक
ओडिआईमा उनको यो आठौं अर्धशतक हो ।
काठमाडौं, फागुन २८ : कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान पौडेलले २९.४ ओभरमा अर्धशतम पूरा गरेका हुन् ।
अर्धशतक पूरा गर्ने क्रममा पौडेलले सात चौका प्रहार गरेका छन् । ओडिआईमा उनको यो आठौं अर्धशतक हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सातौं ओभरमै तीन विकेट गुमाएको थियो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल दोस्रो र चौथो ओभरमा आउट हुँदा सातौं ओभरमा कुशल मल्ल आउट भएका थिए । त्यसपछि क्रिजमा आएका भीम सार्की २९ रन बनाएर २१.६ ओभरमा आउट भएका थिए ।
सार्कीको विकेटपछि आरिफ शेखले कप्तान पौडेलसँग साझेदारी गरिरहेका छन् । खेलको ३० औं ओभर सकिँदा नेपालले १३० रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति: ११:४७ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


