Kathmandu Press

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट 

खेलको २६ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर ९७ रन बनाएको छ । अहिले ब्याटिङमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् । 
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट 

काठमाडौं, फागुन २८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो  विकेट गुमाएको छ ।नेपालले खेलको २१ औं ओभरको अन्तिम बलमा भीम सार्कीलाई गुमाएको हो । 

खराब सुरुवात गरेको नेपालले सातौं ओभरमै तीन विकेट गुमाइसकेको थियो । भीम सार्की र रोहित पौडेलले टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि रोहन मुस्ताफाको बलमा २१.६ ओभरमा सार्की क्याच आउट हुन पुगे । सार्की ३७ बलमा २९ रन बनाएर पवेलियन फर्केका छन् । 

टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाउन पुगेको थियो । लगत्तै चौथो र सातौं ओभरमा कुशल भुर्तेल र कुशल मल्ल आउट भएका थिए ।

खेलको २६ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर ९७ रन बनाएको छ । अहिले ब्याटिङमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् । 
 
प्रकाशित मिति: ११:२५ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्