नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल आउट
यसअघि दोस्रो र चौथो ओभरमा ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल आउट भएका थिए ।
काठमाडौं, फागुन २८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । खराब सुरुवात गरेको नेपालले खेलको सातौं ओभरमा कुशल मल्ललाई गुमाएको हो । मल्लले ९ रन मात्रै बनाउन सके । नेपाल सातौ ओभरमा तीन विकेट गुमाएको अवस्थामा खेलिरहेको छ।
यसअघि दोस्रो र चौथो ओभरमा ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल आउट भएका थिए । आशफिलाई युएईका आर्यन लाक्राले बोल्ड गरेका थिए । लगत्तै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर कुशल भुर्तेल एलबिडब्लु आउट भए।
आशिफ शून्य रनमै आउट हुँदा कुशलले ८ रन मात्रै बनाएका छन् । अहिले कप्तान रोहित पौडेल र भीम सार्की त्रिजमा छन् ।
आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखिएको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झा समावेश छन् ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।
घरेलु मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जित हासिल गर्न चाहन्छ । यता युएई पहिलो खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो । युएई पनि पहिलो जितको खोजीमा रहेको छ ।
सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ भने युएई छ्रैटौं स्थानमा छ ।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


