Kathmandu Press

नेपालको खराब सुरुवात, ओपनर आसिफ र कुशल सस्ताेमा आउट 

खेलको पाँचौ ओभर सकिँदा नेपालले दुुई विकेट गुमाएको छ । 
नेपालको खराब सुरुवात, ओपनर आसिफ र कुशल सस्ताेमा आउट 

काठमाडौंं, फागुन २८ : आइसीसी विश्वकप क्रिकेट लिग–२अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । खेलको पाँचौ ओभर सकिँदा नेपालले दुुई विकेट गुमाएको छ । 

टस जितेर ब्याटिङ  रोजेको नेपालले ओपनर आसिफ शेखलाई दोस्रो ओभरको पाँचौ बलमा गुमायो । उनलाई युएईका आर्यन लाक्राले बोल्ड गरेका थिए । लगत्तै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर कुशल भुर्तेल एलबिडब्लु आउट भए।

आशिफ शून्य रनमै आउट हुँदा कुशलले ८ रन मात्रै बनाएका छन् । अहिले कुशल मल्ल र कप्तान रोहित पौडेल क्रिजमा छन् । खेलको छैटौं ओभर सकिँदा नेपाल १६ रन बनाएर खेलिरहेको छ ।  

आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखिएको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झा समावेश छन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जित हासिल गर्न चाहन्छ । यता युएई पहिलो खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो । युएई पनि पहिलो जितको खोजीमा रहेको छ ।
 
सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ भने युएई छ्रैटौं स्थानमा छ । 

प्रकाशित मिति: ०९:५६ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्