जसपाका उम्मेदवार रामसहाय यादवकाे उम्मेद्वारी खारेज गर्न जनमत र एमालेकाे माग
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदकाे लागि उम्मेदवारी दर्ता गराएपछि यादवविरूद्ध उजुरी दिएको हाे ।
काठमाडाैं, फागुन २७ : जनमत पार्टीले उपराष्ट्रपति पदमा महिला हुनुपर्ने माग राखेकाे छ । जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदकाे लागि उम्मेदवारी दर्ता गराएपछि यादवविरूद्ध उजुरी दिएको हाे ।
राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेको भन्दै जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।
उपराष्ट्रपतिको उममेदवार ममता झाले यादवविरुद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले बताइन् ।
यादवविरुद्ध एमोलले पनि उजुरी दिइसकेको छ । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यक्रमअनुसार आज (शनिबार) ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १८:२९ बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


