कम्युनिस्ट एकताका लागि केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रचण्ड
उनले माओवादीकै अग्रसरतामा कम्युनिस्ट एकताको पहल थालिने पनि बताए।
काठमाडौं, फागुन २७ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकताका लागि केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन्।
आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशका पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसैको जगमा कम्युनिस्ट एकताको पहल गर्ने बताएका हुन्।
माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको उललेख गर्दै उनले शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्नेमा सबैको एउटै मत रहेको उनले बताए। उनले आइतबार पत्रकार सम्मलेन गरेर एकताका लागि संयुक्त अपिल गर्ने बताए।
उनले माओवादीकै अग्रसरतामा कम्युनिस्ट एकताको पहल थालिने पनि बताए।
प्रकाशित मिति: १६:२९ बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


