Kathmandu Press

नवनिर्वाचित राष्ट्रपति पौडेलले चम्पादेवी पुगेर पुष्पलालको सालिकमा गरे माल्यार्पण

उनले आज (शनिबार) चम्पादेवी पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गरेका हुन्। 
नवनिर्वाचित राष्ट्रपति पौडेलले चम्पादेवी पुगेर पुष्पलालको सालिकमा गरे माल्यार्पण

काठमाडौं, फागुन २७ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलाल पार्क पुष्पलालको सालिकमा माल्यार्पण गरेका छन्। 

उनले आज (शनिबार) चम्पादेवी पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गरेका हुन्। 

उनलाई त्यहाँ नेकपा एकीकृत समाजवादी (नेकपा एस) अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, काठमाडौ–१० का प्रतिनिधिसभा सदस्य राजन केसीलगायतले स्वागत गरेका थिए। नेकपा एसका अध्यक्ष नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्।

सो अवसरमा पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरे। उनले शुक्रबार पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गर्नुका साथै सुन्दरीजल पुगेर बिपी संग्रहालयमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूको सालिकमा माल्यार्पण गरेका थिए। 

संग्रहालय परिसरमा वृक्षारोपणसमेत गरेका पौडेलले शुक्रबार साँझ स्वयम्भूनाथ क्षेत्रको पनि भ्रमण गरेका थिए।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्