Kathmandu Press

आधा आकाश ढाक्ने महिला नै उपराष्ट्रपति हुनुपर्छ : ममता झा

आज (शनिबार) संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा रहेका राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएकी हुन्।
आधा आकाश ढाक्ने महिला नै उपराष्ट्रपति हुनुपर्छ : ममता झा

काठमाडाैं, फागुन २७ : सत्ता गठबन्धनकै एक घटक दल जनमत पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी ममता झाले संविधानको मर्मअनुसार अगाडि बढेको बताएकी छन्।

आज (शनिबार) संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा रहेका राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएकी हुन्। उनले आधा आकाश ढाक्ने महिला नै उपराष्ट्रपति हुनुपर्नेमा जोड दिइन् ।  

‘नेपालको संविधानको मर्मलाई बुझ्दै संविधानप्रति अडिग रहँदै सशक्त रुपमा लाग्नुपर्छ भन्नेमा दृढ छु। म कानुनकी छात्रा पनि हुँ। महिलाले आधा अकाश ढाकेका छन्। तर ३३ प्रतिशत मात्रै दिइएको छ’ उनले भनिन्, ‘सबै जातजाति सबैको प्रतिनिधित्व भए मात्रै विकास हुन सक्छ। मधेसबाट आएको महिला हुँ। संविधानलाई जीवित राख्न उम्मेदवारी दिएकी हुँ।’

झाको उम्मेदवारीका लागि संसद भवन पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि संविधान र निर्वाचन आयोगको व्याख्याअनुसार उम्मेदवारी दर्ता भएको जानकारी दिए। सत्ता गठबन्धनकै सहमतिअनुसार तीनजनामध्ये आइतबारसम्म दलहरूको एउटै साझा उम्मेदवार हुन सक्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्