Kathmandu Press

पार्टीकाे निर्देशनबमाेजिम दुईजनाले उम्मेदवारी दियौं : प्रमिला यादव

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएकी हुन्।
पार्टीकाे निर्देशनबमाेजिम दुईजनाले उम्मेदवारी दियौं : प्रमिला यादव

काठमाडौं, फागुन २७ : जसपाबाट उपराष्ट्रपति उम्पमेदवार रहेकी प्रमिला यादवले पार्टीले गर्ने निर्णयलाई शिरोधार्य गर्ने बताएकी छन्।  

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएकी हुन्।

राष्ट्रिय सभा सदस्यसमेत रहेकी उनले भनिन्, ‘जति पनि प्रस्तावक र समर्थक हुनुहुन्छ, उहाँहरूलाई धन्यवाद दिन्छु। मलाई पूर्ण विश्वास छ मलाई उहाँहरूले मतदान गर्नुहुन्छ। पार्टीले जे निर्णय गर्छ, म शिरोधार्य गर्छु।’

आफूले उपराष्ट्रपति पदमा उम्मेदवारी दिए पनि पार्टीले आग्रह गरे फिर्ता लिन सक्ने आशय उनले प्रकट गरिन्। ‘पार्टीको आदेशअनुसार नै हामी दुईजनाले मनोनयन दर्ता गर्‍यौं,’ उनले भनिन्, ‘भोलि बस्ने बैठकले निर्णय हुन्छ।'

उनको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्। 

सोही पार्टीका रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन आयोगले महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी परेको छ।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्