Kathmandu Press

जसपाबाट प्रमिला यादवले पनि गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

आज (शनिबार) संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा रहेका राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
जसपाबाट प्रमिला यादवले पनि गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २७ : जनता समाजवादी पार्टी (जसपा) की नेत्री प्रमिलाकुमारी यादवले पनि उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

आज (शनिबार) संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा रहेका राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

राष्ट्रिय सभा सदस्यसमेत रहेकी उनको प्रस्तावकमा रञ्जु झा,  मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्। 

सोही पार्टीका रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन आयोगले महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी परेको छ।

यादवको उम्मेदवारी खारेज भए सोही पार्टीको उम्मेदवार कायमै रहोस् भनेर प्रमिलाले पनि उम्मेदवारी दिएको बताइएको छ।

एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन्।

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्