Kathmandu Press

पूर्वसहमतिअनुसार दलहरूले उपराष्ट्रपतिमा मलाई मत दिनेछन् : रामसहाय यादव

जसपा संसदीय दलका नेतासमेत रहेका यादवले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन्।
पूर्वसहमतिअनुसार दलहरूले उपराष्ट्रपतिमा मलाई मत दिनेछन् : रामसहाय यादव

काठमाडौं, फागुन २७ : उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई अझै मजबुत पार्न भूमिका खेल्ने बताएका छन्।

जसपा संसदीय दलका नेतासमेत रहेका यादवले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन्।

 ‘उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन पाउँदा मलाई खुसी लागेको छ। मलाई प्रस्ताव र समर्थन गर्ने दलहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने आउने दिनमा निर्वाचित भइयो भने मुलुकको संविधानको रक्षा गर्ने, पालना गर्ने र राष्ट्रिय एकतालाई अझै मजबुत पार्ने भूमिका खेल्नेछु।’

उनले उपराष्ट्रपति पदमा निर्वाचित गराउन सबै दलहरूलाई अपिल गर्ने पनि बताए। पूर्वसहमतिअनुसार नै दलहरूले आफूलाई मत दिने विश्वास व्यक्त गरे। ‘पूर्वसहमतिअनुसार नै दलहरूले मलाई मतदान गर्नुहुनेछ ।’

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन्।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। त्यसका लागि आज ९ बजेदेखि २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्