लोकतन्त्र सुदृढीकरणका लागि सोच्ने बेला आएको छ : अष्टलक्ष्मी शाक्य
दर्तापछि संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले लोकतन्त्र सुदृढिकरणका लागि सोच्ने बेला आएको बताएकी हुन्।
काठमाडाैं, फनगुन २७ : एमालेका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउन सबैले सोच्न जरुरी रहेको बताएकी छन्।
दर्तापछि संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले लोकतन्त्र सुदृढीकरणका लागि सोच्ने बेला आएको बताएकी हुन्।
उम्मेदवारी संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ।' उनले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन्।
एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


