जसपाका रामसहाय यादवले उपराष्ट्रपति पदमा गराए उम्मेदवारी दर्ता
संसदीय दलको नेतासमेत रहेका उनले आज (शनिबार) नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
काठमाडौं, फागुन २७ : जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।
संसदीय दलको नेतासमेत रहेका उनले आज (शनिबार) नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन्।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफू निर्वाचित भए मुलुकको संविधानको रक्षा र संवर्द्धन गरी राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १३:४२ बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


