Kathmandu Press

पशुपति क्षेत्र सफा गरे देश नै सफा गर्न सकिन्छ : मन्त्री किराती 

ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकता भत्काउनुपर्ने बताउँदै उनी आफैँ कुचो लगाएर आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सहभागी भए।
पशुपति क्षेत्र सफा गरे देश नै सफा गर्न सकिन्छ : मन्त्री किराती 

काठमाडौं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र सफा गरे देश नै सफा गर्न सकिने बताएका छन्।

आज (शनिबार) सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किरातीले भने, ‘आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौं भने यो देश कहिले सफा गर्छौं?’ उनले भने, ‘त्यसैले प्रतीकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे देश सफा गर्न सक्छौं।’

उनले आध्यात्मिक कुरा पनि फोहारो भएकाले परम्परागत मूल्य–मान्यता हराउँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरे।

‘यहाँको समाजसँग जोडिएको विकृतिलाई सफा गर्नुपर्छ। मन्त्रालयले बनाएको निर्देशिकाअनुसार काम भएन कारबाही गर्नेछौँ। यहाँ धेरै लापरबाही भएको छ। पशुपति क्षेत्र विकास कोषले सफा गर्ने योजना बनाउनुपर्छ।’

ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकता भत्काउनुपर्ने बताउँदै उनी आफैँ कुचो लगाएर आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सहभागी भए। अबको तीन महिना हरेक शनिबार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ।

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्